८ बैशाख २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै, दलको नेता चुनिँदै


माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बिहान ११ बजे बस्ने सो पार्टीका एक सांसद्ले जानकारी दिए ।

उनका अनुसार बैठकमा संसदीय दलको नेता चयन गर्ने लगायत विषयमा छलफल हुनेछ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । देउवा सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको ती सांसदले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !