७ बैशाख २०८१, शुक्रबार

चाक्सीबारी पौडेल समूहको बैठकले गर्यो यी दुई महत्वपूर्ण निर्णय


पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आज शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएकोले बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ ।

जसअनुसार आज बसेको पौडेल पक्षको बैठकले काँग्रेसको आगामी महाधिवेशनमा केन्द्रित हुने र जिल्ला सभापतिको अनशन आजै तोडिने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पार्टीको आन्तरिक विवाद समाधान गर्ने बारेमा हिजो सैद्धान्तिक सहमति भएको थियो ।

सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच हिजो शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।

महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे देउवासँग सहमति भएपछि पौडेल समूह छलफलमा जुटेको छ । पौडेल पक्षले रिले अनसनरत आफू निकट जिल्ला सभापतिहरूसँग आज शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको छ ।

देउवा र पौडेलवीच जिल्ला सभापतिका माग र १८ भदौमा हुने वडा अधिवेशनबारे उनीहरुले छलफल भएको थियो । देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए ।

आज भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल, बर्दिया सभापति सञ्जय गौतम सहभागी भएका थिए ।

आज भएको छलफलमा असन्तुष्ट काँग्रेस जिल्ला सभापतिसहित नेता पौडेल, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, डा. शेखर कोइराला लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला सभापतिको माग सम्बोधनका लागि क्रियाशील सदस्यता विवाद निरुपणमा खटिएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक आज सानेपा जाने तयारी भइरहेको छ । सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउने उनीहरुको तयारी छ ।

यो पनि पढ्नुहोस्

देउवा र पौडेलको मिल्यो कुरा : पार्टी कार्यालयमा जारी धर्ना र अनसन रोक्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !