८ बैशाख २०८१, शनिबार

बलात्कारको आरोप लागेका कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग


कुर्मराज शाही

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा मन्त्री शाहीले राजीनामा दिनुपर्ने एमालेले माग गरेको हो । कर्णाली एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरण सहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।

यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएका खण्डमा आन्दोलन गर्ने बताएका छन् । अखिलका सुर्खेत अध्यक्ष धुपेन्द्र शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा २४ घण्टाभित्र बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी जनपक्षीय भूमिकामा रहन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनेरास्ववियू जोडदार माग गरेको छ ।

यसअघि मन्त्री शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा मन्त्री शाहीले महिलालाई दूर्व्यवहार गरेको प्रष्ट रुपमा देखिएको छ ।

पीडितले उक्त भिडियो २०७६ माघ महिनाको भएको बताएका थिए । सो बेला उनी मन्त्री नभई सांसद मात्रै थिए । आरोप लागेपछि मन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण उनलाई हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई लाग्यो बलात्कार गरेको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !