७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको खुलासा : हाम्रो साथ छाड्ने नेताहरुले पहिल्यै नै नयाँ पार्टी दर्ता गराइसकेका थिए


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर गएका यसअघि एमालेमा तेस्रो धाराको रुपमा परिचित नेताहरुले आफूले पार्टी दर्ता गर्नुअघि नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।

नेपालको नेतृत्वको सो पार्टीले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको स्पष्ट पारे।

उनले हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै थाक्नेहरु थाकेपनि आफ्नो केही गुनासो नभएको बताएका छन् । उनले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको टिप्पणी गरेका छन् ।

उनले यस्ता चुनौती पटक पटक सामना गरेको बताउदै बाधा अवरोध पन्छाएर अघि बढ्ने दृढता व्यक्त गरे । उनले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन स्मरण गर्दै केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समाटेको स्मरण गरेका छन् ।

उनले पुष्पलाल जस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गरेर नेतृत्व गरेको सम्झदै पुष्पलालले विद्रोह गरेको पार्टीमा आफूहरु धेरै रहेको बताए ।

यो पनि पढ्नुहोस्

माधव नेपालको घोषणा : हाम्रो पार्टी देउवा सरकारमा सहभागी हुन्छ

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि आरोपको थुप्रो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !