६ बैशाख २०८१, बिहिबार

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूह


नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहित नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई अहिले साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

स्रोतका अनुसार ३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । यसअघि दल दर्ताको निवेदनमा हस्ताक्षर छुट भएका र पछि थपिएकाको हकमा के गर्ने भन्ने निर्णय आयोगले गरिसकेको छैन ।

निर्वाचन आयोगले आज नै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ । यसअघि दुई दिनसम्म नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरिमा छलफलमा जुटेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !