६ बैशाख २०८१, बिहिबार

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक जारी


नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीवारीमा निवासमा भएको छलफलमा आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।

आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको स्रोतले बतायो ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !