६ बैशाख २०८१, बिहिबार

नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतको लागि आज आयोग जाँदै


नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरू आज सनाखतको लागि निर्वाचन आयोग जाँदैछन् । नेपाल समूहका नेताहरु सो नयाँ पार्टी दर्ताको लागि आज बुधबार चन्द्रागिरी रिसोर्टवाटै सिधै केन्द्रीय सदस्यहरुको सनाखतका निर्वाचन आयोग जाने तयारी गरेका हुन् ।

आयोगले पार्टीका नेताहरूको सनाखतका लागि आज समय तोकेको छ । आज बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद र केन्द्रीय सदस्य सशरीर उपस्थित भएर सनाखत गर्न आयोगले जनाएको छ ।

नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका भदौ ७ गते सोमबार नेपालसहितका नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका थिए ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएर पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । तेस्रो धारका नेताहरूले आफ्नो पक्षका नेतालाई प्रभावित पार्न सक्ने खतरा समेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका थिए ।

आज बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू यताउता नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको थियो । नेपाल नेतृत्वको सो पार्टीले घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ ।

नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको चन्द्रागिरी पुगेका थिए । चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि पारित गर्ने गरिएको छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र नियमावली

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?

बेइमानीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक : माधव नेपाल

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !