१३ बैशाख २०८१, बिहिबार

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । आजदेखि केन्द्रीय कार्यालय सानेपामा उनीहरू धर्नामा बस्न लागेका हुन् । आज हुने धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने बताइएको छ ।

विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागेका हुन् । उनीहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू संघर्षका कार्यक्रम गर्न लागेका हुन् ।

क्रियाशील विवाद समाधानको नाममा नियमविपरीत क्रियाशील थप्ने र आफ्ना विरोधीहरूलाई हटाउने काम गरिएको भन्दै संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले विरोध गरेका छन् । संगठन समायोजनको नाममा पनि विधान मिचेको उनीहरूको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !