७ बैशाख २०८१, शुक्रबार

प्रचण्डले भने, ‘३ नम्बर प्रदेशको राजधानी सार्न असम्भव’


prachanda

७ चैत, हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका सबै काम हेटौंडावाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् ।

उनले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताए ।

बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारले निर्णय गरेअनुसार नै औपचारीक कार्यक्रम भैरहेकाले यहाँवाट राजधानी नसर्ने बताए ।

उनले भने, ‘प्रकृया अगाडि बढिसकेको र कामहरु औपचारीक  रुपले सुरु भएकाले बाहिर भएको हल्ला र प्रचारबाजीले राजधानी सर्ने कुरा छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !