१२ बैशाख २०८१, बुधबार

सबै कम्युनिष्टसँग एकताको अघि बढाउन माओवादीले बनायो ३ सदस्यीय कार्यदल


माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सबै कम्युनिष्टसँग एकताको प्रक्रिया अघि बढाउन ३ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले विभिन्न समयमा विभाजित भएर पुनः एकीकृत भएका माओवादी घटकहरूको एकता प्रक्रिया टुंग्याउन ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

माओवादी केन्द्रको आज बसेको बैठकले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एकता पक्रिया टुंग्याउन गठित कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन् । २०७३ सालमा माओवादी घटकबीच भएको एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो ।

२०७३ सालमा विभिन्न माओवादी घटकबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी ‘माओवादी केन्द्र’ भएतापनि ५ वर्षपछि एकता प्रक्रिया टुंग्याउन माओवादी केन्द्रले ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो ।

स्थायी समिति सदस्य गणेश शाहका अनुसार पार्टी एकीकरण हुँदादेखि नै अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न भनेर एकता कार्यदल गठन गरिएको हो ।

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !