१३ जेष्ठ २०८१, आइतबार

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लिए पद तथा गोपनीयताको शपथ


प्रदेश प्रमुख यादवचन्द्र शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिए ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायत उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !