१२ बैशाख २०८१, बुधबार

कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो, यो शुभ संकेत होइन : कमल थापा


कमल थापा

काठमाडौं ‍। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिडेकोले यो शुभ संकेत नभएको बताएका छन ।

आज बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालको संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चितरहेको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !