७ बैशाख २०८१, शुक्रबार

कृष्णबहादुर महरा : शिक्षकदेखि सभामुखसम्मको यात्रा


Krishna Bahadur Mahara

जन्म र पृष्ठभूमि

पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो ।

चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ । वि.सं २०३५-०३६ को विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महरा २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । वि.सं २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बन्नुभएको महरा पटक पटक मन्त्री र उपप्रधानमन्त्री हुँदै हाल प्रतिनिधिसभाको सभामुख बन्नुभएको छ ।

शिक्षा

बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो ।

राजनीतिक यात्रा

वि.सं २०३५-०३६ को विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महरा सोही समयदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि रहनुभएको थियो । वि.सं २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँ वि.सं २०५१ मा नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य हुनुभएको हो ।  उहाँका राजनैतिक यात्रा निम्न अनुसार चलेको छ :

  • वि.सं २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
  • वि.सं ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि
  • वि.सं २०३७ मा तत्कालीन नेकपा चौमको पार्टी सदस्यता प्राप्त । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य
  • वि.सं २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू. आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
  • वि.सं २०४१ देखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री
  • वि.सं २०३६ देखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण ।
  • वि.सं २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी (डिसिएस)
  • वि.सं २०४८ को निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
  • वि.सं २०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता
  • वि.सं २०५० क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ने.क.पा. (एकता केन्द्र)
  • वि.सं २०५१ पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा. (माओवादी)
  • वि.सं २०५३ असार केन्द्रीय सदस्य, ने.क.पा. (माओवादी)
  • वि.सं २०५५ पोलिटब्यूरो सदस्य, ने.क.पा. (माओवादी)
  • वि.सं २०५८ तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक
  • वि.सं २०६० तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता
  • वि.सं २०६१ पार्टी प्रवक्ता ने.क.पा. (माओवादी)
  • वि.सं २०६२ स्थायी समिति सदस्य ने.क.पा. (माओवादी)
  • वि.सं २०६२ असोज सेक्रेटारियट सदस्य, केन्द्रीय समिति ने.क.पा. (माओवादी)
  • वि.सं २०६३ तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक
  • वि.सं २०६३ पौषमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता
  • वि.सं २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री, सरकारको प्रवक्ता
  • वि.सं २०६४ चैतमा सम्पन्न निर्वाचनबाट दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित
  • वि.सं २०६५ भाद्र माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता
  • वि.सं २०६५ पार्टी एकतापछि एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समिति सदस्य
  • वि.सं २०६६ अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एकीकृत ने.क.पा. (माओवादी)
  • वि.सं २०६७ एकीकृत ने.क.पा. (माओवादी)का तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा गृहमन्त्री
  • वि.सं २०६९ एकीकृत नेकपा (माओवादी) सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख
  • वि.सं २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमति–पत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
  • वि.सं २०६९ एकीकृत नेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
  • वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित ।
  • वि.सं २०७१ एकीकृत नेकपा (माओवादी)को महासचिव निर्वाचित
  • वि.सं २०७३ उपप्रधानमन्त्री तथा अर्थमन्त्री
  • वि.सं २०७४ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
  • वि.सं २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्य ।
  • वि.सं २०७४ प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नं. २ बाट निर्वाचित ।
  • वि.सं २०७४ फागुन २५ सभामुखमा निर्विरोध निर्वाचित ।

 विदेश भ्रमण

उहाँले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, जापान, प्रजग कोरिया, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिकालगायत मुलुक भ्रमण गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !