११ बैशाख २०८१, मंगलबार

माधव नेपालले नयाँ पार्टी खोलेर राजनीतिक नेतृत्व गुमाए : प्रमुख सचेतक भट्टराई


बिशाल भट्टराई

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपालले राजनीतिक नेतृत्व गुमाएको दावी गरेका छन् ।

नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि प्रमुख सचेतक भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको दावी गरे ।

उनले ठूलो पंक्तिले माधव नेपाललाई छाडेको र यसले उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा नभएको प्रमाणित गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !