७ बैशाख २०८१, शुक्रबार

बोले गगन थापा : संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत


गगन थापा

काठमाडौँ । पूर्वमन्त्री स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले सरकारले अध्यादेश ल्याउनु हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत भएको खुलाएर लेख्दै आफ्नै पार्टीको नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।

उनले हिजो केपी ओली ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन भन्दै उनले समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन भन्दै विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने उनले बताएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याऊँदा हिजो घोर विरोध गर्ने धेरै कांग्रेसका नेताहरु अहिले मौन बसेको टिप्पणी गरेका थिए । मिश्रको सोही टिप्पणीलाई लिएर थापाले जवाफ फर्काउँदै मुख खोलेका छन् ।

उनले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत!हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत Thumbs down हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

उनले एउटा कमेन्टको जवाफ दिंदै लेखेका छन्, ‘संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन ।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु : रवीन्द्र मिश्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !