७ बैशाख २०८१, शुक्रबार

देउवा सरकारले अध्यादेश ल्याएर देशलाई अस्थिर तुल्याउने खेल शुरु गर्यो : भीम रावल


भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर संविधानको मर्म र जनताको आकांक्षा विपरीत काम गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै रावलले देउवा सरकारले निहित स्वार्थको लागि अध्यादेश ल्याएर देशलाई अस्थिर तुल्याउने खेल खेलेको टिप्पणी गरेका छन् ।

उनले विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? भनेर देउवा सरकारलाई समेत गरेका छन् । उनले २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भएर पनि प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो ।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !