७ बैशाख २०८१, शुक्रबार

ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु : रवीन्द्र मिश्र


रबिन्द्र मिश्र

काठमाण्डौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउदा घोर विरोध गर्ने धेरै कांग्रेसका नेताहरु अहिले मौन बसेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै मिश्रले देउवाले पनि ओलीकै बाटो पछ्याएकोले कोही सुध्रिनेवाला छैन भनेर निराशा व्यक्त गरेका छन् । उनले सर्वोच्चको आदेश प्रतिकूल देखिने अध्यादेशलाई सर्वोच्चले नै वदर गरिदिन सक्ने सम्भावना रहेको भविष्यवाणी गरेका छन् ।

उनले तर अध्यादेशबारे विचाराधिन मुद्दा नै टुङ्गो नलागेको अवस्थामा अहिलेको अध्यादेशविरूद्ध पर्ने मुद्दाको सुनुवाई कहिले हुने ? भनेर सर्वोच्च अदालतलाई प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘कोही सुध्रिनेवाला छैन । सर्वोच्चको आदेश प्रतिकूल देखिने अध्यादेश, सर्वोच्चले नै वदर गरिदिन सक्छ । तर अध्यादेशबारे विचाराधिन मुद्दा नै टुङ्गो नलागेको अवस्थामा अहिलेको अध्यादेश विरूद्ध पर्ने मुद्दाको सुनुवाई कहिले हुने ?ओली-अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन देख्छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !