८ बैशाख २०८१, शनिबार

ओलीले पठाए आयोगमा २६० केन्द्रीय सदस्यको सूची, ८ सांसदलाई कारवाही गर्ने तयारी


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा २६० सदस्यीय सूची आयोगमा पठाएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको हो । जसमा माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका नेताहरु नाम समेत थपिएको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।

यस्तै एमालेले ८ जना समानुपातिक सांसदलाई पनि कारबाही गर्ने तयारी गरेको छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !