१३ बैशाख २०८१, बिहिबार

नेपाल समूह अध्यादेश जारीलगत्तै नयाँ दल दर्ताको तयारीमा


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदको छलफल जारी रहेको छ । नेपाल समूहका २२ सांसदको बैठक नयाँ बानेश्वरको अर्याल होटलमा जारी रहेको छ ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश भर्खरै ल्याएको बेला एमालेको नेपाल समूह आन्तरिक छलफलमा जुटेका हो । ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण गर्ने तयारीमा रहेका हुन् ।

नेकपा एमाले आजै विभाजनको प्रक्रिया आजैबाट शुरू हुने भएको देखिएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको नेपालनिकट स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर आजै दल दर्ता गर्नुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा रहन जानकारी गराएका छन् । नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर समेत संकलन गरिसकेको छ ।

विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले सोधिरहेका छन् । विशेषगरी भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग साथ खोजेका छन् ।

यसअघि कार्यदलमा रहेका सदस्यहरुसँग नेता नेपालले छलफल गरेका थिए । छलफलमा सहभागी एक सांसदका अनुसार २० प्रतिशतले पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश जारी भएमा तत्कालै नयाँ दल दर्ताको तयारी गरिएको छ ।

नेपालले विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरिरहेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

ओली समूहको बैठक च्यासलमा, नेपाल समूहको बैठक नयाँ बानेश्वरमा

देउवा सरकारले ल्यायो अध्यादेश : अव २० प्रतिशतले पार्टी फुटाउन पाउने

सरकारलाई एमालेको चेतावनी : दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्छौं

ओली समूहको स्थायी कमिटी बैठक सुरु, भीम रावल अनुपस्थित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !