१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्को बैठक लगत्तै राष्ट्रपतिलाई भेट्न पुगे शीतल निवास


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास गएका हुन् ।

बालुवाटार विशेष स्रोतका अनुसार अध्यादेश प्रमाणीकरण लगायत विषयमा परामर्श गर्न देउवा आफैं शीतल निवास पुगेका हुन् । मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्वन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश जारी गरेको हो । गृह र कानून मन्त्रालयबाट मस्यौदा भएर जाँदा प्रतिशत नराखिएकोले माधव नेपालसँगको छलफलपछि २० प्रतिशत कायम गरिएको हो । यसले महन्थ ठाकुरलाई पनि अव पार्टी विभाजन गर्न सहज हुनेछ ।

यो पनि पढ्नुहोस्

देउवा सरकारले ल्यायो अध्यादेश : अव २० प्रतिशतले पार्टी फुटाउन पाउने

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंका: ओली समूह तरंगित

एमाले र जसपा विभाजन गर्न अध्यादेश ल्याउँदै देउवा सरकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !