१२ बैशाख २०८१, बुधबार

जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक काठमाण्डौमा शुरू


जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको प्रथम बैठक काठमाण्डौमा शुरू भएको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्दै भाद्र १ र २ गते चल्ने बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्ने जानकारी दिएका छन् ।

उनले भाद्र १ देखि मंसीर मसान्तसम्म संचालन हुने पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) को अभिमुखीकरण र शुभारम्भ गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !