७ बैशाख २०८१, शुक्रबार

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको बालुवाटार निकट स्रोतले बताएको छ ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी आकस्मिक मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको हो ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेकपा एमाले विभाजन गर्न खोजेपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको आकस्मिक बैठक जारी रहेको छ । देउवा नेतृत्वको सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै ओलीले बोलाएको बैठक जारी रहेको हो ।

देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याई एमालेको नेपाल समूहलाई पार्टी फुटाउन सजिलो बनाउने उद्धेश्यले संसद्को अधिवेशन एक्कासी अन्त्य गरेकोले ओलीले पार्टीको बैठक बोलाएका हुन् ।

देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको हो ।

यो पनि पढ्नुहोस्

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंका: ओली समूह तरंगित

एमाले र जसपा विभाजन गर्न अध्यादेश ल्याउँदै देउवा सरकार

देउवा र प्रचण्ड मिलेर एमाले विभाजन गर्न खोजेपछि ओलीले बोलाएको आकस्मिक बैठक बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !