७ बैशाख २०८१, शुक्रबार

विगतका पार्टी विभाजन र एकताका परिणामलाई ठण्डा दिमागले स्मरण गर्न भीम रावलको आग्रह


भीम रावल

नेकपा एमालेका नेता भीम रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने बताएका छन्।

नेता रावलले पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमाग्ने दावी गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ” कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती-कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन । थप संलग्न कविताबाट”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !