१३ बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरु


लुम्बिनी प्रदेशसभा

रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुदैछ । प्रदेश प्रमुख अमिक शेरचनले आज भदौ १ गते दिउँसो १ बजे नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले हिजो सूचनामार्फत जानकारी गराएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका थिए ।

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

आज बस्ने बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । आजै मुख्यमन्त्रीले विश्वासको मत लिने चर्चा भएपनि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले त्यस्तो तयारी नभएको बताए।

मुख्यमन्त्री केसीले हिउँदे अधिवेशन शुरु भएको एक हप्ताभित्रै विश्वासको मत लिने बताएका छन् । उनले मुख्यमन्त्रीको पद सम्हालेपछि अधिवेशन शुरु हुने बित्तिकै विश्वासको मत लिने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !