८ बैशाख २०८१, शनिबार

सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

“दलको आधिकारिताबारे आयोगबाट यही २०७८/४/११ मा निर्णय गरेको देखियो”,–आदेशमा भएिको छ, “सो निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन ।”

ठाकुरले माग गरेबमाेजिमकाे ‘अन्तरिम आदेश जारी नहुने’ सर्वाेच्च अदालतकाे बताएको हो । जसपाको कार्यकारिणी समितिका सदस्यहरु नागरिकतासहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि आफुलाई ‘अन्याय भएको’ भन्दै ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर साउन ८ मा रिट दायर गरेका थिए ।

पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । यही साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो ।

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतको आदेश

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतको आदेश यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !