१२ बैशाख २०८१, बुधबार

कांग्रेसको महाधिवेशन ३ महिना सर्‍यो, मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि ३ महिना सरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन तीन महिना पछि सारेर अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो । तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मितिमा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो ।

केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गाउँ/नगर वडा अधिवेशन भदौ १८, गाउँ/नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

यो पनि पढ्नुहोस्

काङ्ग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !