१३ बैशाख २०८१, बिहिबार

लुम्बिनीमा विपक्षी गठबन्धनले आज बहुमतको नयाँ सरकारको दाबी पेश गर्दै


कुलप्रसाद केसी र विरेन्द्र कनौडिया

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्दैछ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आज बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट हिजो राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दावी पेश गर्न लागेका हुन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । चार दलीय गठबन्धनसँग ४२ सांसद भएकोले आज केसी मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउने सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि अहिले माओवादी पछि काँग्रेसले सरकार चलाउने सहमति भएको हो ।

हाल विपक्षी गठबन्धनले माओवादीका नेता केसी मुख्यमन्त्री बन्नेछन् भने ८ महिना फागुनपछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

विशेष स्रोतका अनुसार लुम्विनी प्रदेशमा विपक्षी गठबन्धनले १० सदस्यीय मन्त्रिपरिषद् बनाउने गठबन्धनमा अनौपचारिक सहमति भएको छ । यदि १० सदस्यीय मन्त्रिपरिषद् बनेमा कांग्रेस-माओवादीले ३/३ वटा मन्त्रालय र अरु ४ मन्त्रालय गठबन्धनमा सहभागी दलले पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति : अहिले माओवादी, पछि काँग्रेस

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !