१३ बैशाख २०८१, बिहिबार

रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए पदवाट राजीनामा


गुरू भट्टराई

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो । उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । उनले आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ खण्ड (घ) मा व्यवस्था नै नभएको विषयमा आरोप लगाएर स्पष्टीकरणको नाटक मञ्चन गरिएको टिप्पणी गरेका छन् ।

यस्तो छ हेर्नुहोस् उनको राजीनामा पत्र

यस्तो छ हेर्नुहोस् उनको राजीनामा पत्रयस्तो छ हेर्नुहोस् उनको राजीनामा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !