११ बैशाख २०८१, मंगलबार

ओलीको प्रचण्डलाई व्यङ्ग्य : एक दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस्


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी आगो हो’ भनेर अभियक्ति दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘पानीबाट आगो निभाएको’ याद राख्न व्यङ्ग्य गर्दै जवाफ दिएका छन् ।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले माओवादीलाई सिध्याउन खोजेको भन्दै संसदमा ‘माओवादी आगो हो’ भनेर ओलीलाई धम्की दिएका थिए । सोको जवाफ दिंदै आज ओलीले भने, ‘उहाँ आगो हो । यो मलाई थाहा छ । उहाँले डढेलो लगाउनुहुन्छ ।’

ओलीले भने,’उहाँलाई सम्झ्ना होस् । एक दुई बाल्टी पानीले आगो निभाएको सम्झना रहोस् । डढेलो निभाउन हामीलाई आउँछ ।’ सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको उनले आरोप समेत लगाए ।

ओलीले असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुने संकेत गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले आफू पुन: सिंहदरवारको मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने उद्घोष गरेका हुन् ।

अध्यक्ष ओलीले आफैले दोश्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अध्यक्ष ओली संसदमा पहिलो पटक बोलेका हुन् । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्बोधन गरेका हुन् ।

यो पनि पढ्नुहोस्

संसदमा ओलीले भने- असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुन्छु

ओलीको देउवालाई व्यङ्ग्य : एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !