१३ बैशाख २०८१, बिहिबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु


एमाले बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ । एक नेताका अनुसार बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

यस पार्टीले सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !