४ बैशाख २०८१, मंगलबार

एमालेमा विधान संशोधन गरेर अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने प्रस्ताव


एमाले केन्द्रीय कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको स्रोतले बतायो । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुने स्रोतले बतायो ।

एमालेमा एक अध्यक्ष, एक बरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु