८ बैशाख २०८१, शनिबार

एमालेको बैठक बस्दै : तीन वटा प्रतिवेदन पेश र महाधिवेशनको तयारीको बारेमा छलफल हुने


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थायी कमिटी बैठक आज साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्दैछ ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सचिव तामाङका अनुसार भदौमा विधान अधिवेशन गर्नेगरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ । त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ ।

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । तर एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ ।

तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताए । अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक साउन २५ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !