४ बैशाख २०८१, मंगलबार

एमालेको नेपाल समूहको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आज बस्दै


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल समूहले बताएको छ ।

बैठकले आफ्नो समूहको भावी रणनीति लगायतका विषयमा धारणा तय गर्ने बताइएको छ । पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेता नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

स्थायी कमिटीमा पटक-पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच नेपालले बनाएका हुन् । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्पापना भएर शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार बनेपछि यो समूहको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने वा नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमा अझै मतभेद कायम रहेको छ । मुख्य रुपमा कार्यदलमा रही १० बुँदे सहमति गरेका नेपाल समूहका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन् ।

सत्ता साझेदार दलहरुले एमालेको नेपाल समूहलाई पनि सरकारमा सकेसम्म सहभागी गराउन प्रयासरत छन् । सकेसम्म नेपाल समूहलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

नेपाल समूहलाई जसरी भएपनि सरकारमा सहभागी गराएर एमालेलाई विभाजन गर्ने रणनीति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि रहेको छ । ओलीको शेखी झार्न नेपाल समूहलाई एमालेवाट टुक्रयाएर नयाँ बैकल्पिक कम्युनिष्ट शक्ति निर्माण गर्ने प्रचण्डको सोच रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !