१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा कारण देखाउ आदेश जारी


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्णय गरेपछि त्यसविरुद्ध ठाकुरले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

आज बुधबार सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र आयोगलाई जवाफ दिन आदेश दिएको हो । ठाकुर पक्षले यादव पक्षलाई जनता जसपा नेपालको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।

सर्वाेच्चले सोही रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएर १५ दिनभित्र ‘निवेदक (ठाकुर पक्ष) को मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई’ लिखित जवाफ बुझाउन भनेको हो ।

साउन ११ गते जसपा कार्यकारिणी समितिको ‘हेडकाउन्ट’ गर्दा यादव पक्षले बहुमत पनएपछि आयोगले पार्टीको आधिकारिकता उसैलाई दिएकाे थियाे । साेही निर्णयविरुद्ध ठाकुर पक्ष साउन १५ गते सर्वाेच्च पुगेकाे थियाे । ठाकुरले निर्वाचन आयोगको निर्णय रोक्न पाउँ भनेर पनि सर्वाेच्चा रिट दायर गरेका थिए ।

यस्तो छ हेर्नुहोस् सर्वोच्चको कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा कारण देखाउ आदेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !