१३ बैशाख २०८१, बिहिबार

देउवा निवास बुढानीलकण्ठमा क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरूको बैठक


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरूको बैठक जारी रहेको छ ।

आज दिउँसो २ बजेदेखि जारी बैठकमा सभापति देउवा, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सहभागी भएका छन् भने क्रियाशील सदस्यता छानबिन समितिको संयोजक रहेका रमेश लेखक र नेता मिनेन्द्र रिजाल पनि छलफलमा समेत सहभागी छन् ।

पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य थिए ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले श्रावण १४ गते बिहिबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको थियो । तर उक्त समितिले प्रतिवेदन बुझाउँदा विभिन्न जिल्लाको क्रियाशील विवाद समाधान नगरी बुझाएको थियो ।

समितिले विवाद मिलाउन नसकेपछि शीर्ष तीन नेताले सो जिम्मा पाएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशन भदौ १६ गते गर्ने गरी मिति तोकिएपनि क्रियाशील सदस्यताको विवादले महाधिवेशन सर्न सक्ने प्रवल सम्भावना देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !