८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री र राज्यमन्त्रीले भकुण्डो बनाए जागेश्वरलाई, अन्तत: गरियो वीरबाट सरुवा


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको चेपुवामा परेर पिडित भएका कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रा. डा. जागेश्वर गौतमलाई अन्तत: वीर अस्पतालबाट सरुवा गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा नियुक्त गरिएका प्रा. डा. गौतमलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएएर सरुवा गरेको हो ।

देउवा सरकारले गौतमको सरुवालाई सदर गर्दै घुमी फेरि रुम्जाटार भनेझैँ प्रसूति गृह पठाइएको छ । विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता हुनु अघि उनी प्रसूति गृहमै कार्यरत थिए ।

प्रधानमन्त्री देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्तिममा आएर सरुवा सदर गरिएको हो । उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । बस्नेत यसअघि पनि वीर अस्पतालको निर्देशक भइसकेका थिए ।

यसअघि हिजो सोमबार मात्र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुखमा सरुवा गरेको थिए । प्रधानमन्त्री देउवाले हाल आएर राज्यमन्त्रीको निर्णयलाई हस्तक्षेप गर्दै डा. बस्नेतलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन् ।

हिजो स्वास्थ्य राज्यमन्त्रीले गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेपछि उनले आफूलाई वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले काम गर्न नदिएको गुनासो गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीले नियुक्त गरेका गौतमलाई हटायो देउवा सरकारले, भन्छन्- काम गर्न दिएनन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !