७ बैशाख २०८१, शुक्रबार

नेविसङ्घको माग : विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर


नेविसङ्घ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !