६ बैशाख २०८१, बिहिबार

गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा शेरचन


अमिक शेरचन र पृथ्वीमान गुरुङ

काठमाडौं । सरकारले लुम्बिनी प्रदेश र गण्डकी प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर गुरुङलाई र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई सिफारिस गरेको हो । शेरचन माओवादी केन्द्र र गुरुङ कांग्रेसको सिफारिसमा प्रदेश प्रमुख बन्न लागेका हुन् ।

आज मंगलबार नेकपा माओवादी केन्द्रको बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जबर्जस्ती परिवर्तन गरेका सवै प्रदेश प्रमुखहरु विस्तारै फेरिने देखिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !