११ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उमेश श्रेष्ठलाई आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन् ।

दोस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो कार्यसूची अनुसार आज बस्ने बैठकमा पूर्वसांसद बिष्णुबहादुर तामाङ (बिएल वाइवा) को निधनमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वाइवाको ७५ वर्षको उमेरमा मिति २०७८ साल जेठ २० गते बिहीबार बेलुका झापास्थित आम्दा अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको थियो ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !