१३ बैशाख २०८१, बिहिबार

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल


प्रचण्ड र देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एक नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

नेकपा एमालेका नेता वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी गर्ने रणनीतिमा रहेका देउवाले केहि दिन भित्रै मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले बतायो।

नेपाल समूहलाई ८ मन्त्रालय दिने सहमति भए पनि नेपाल समूह भने अहिले सम्म सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु