माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, पार्टी एकतामा जोड दिने Nepalpatra माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, पार्टी एकतामा जोड दिने
३ आश्विन २०७८, आइतबार

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, पार्टी एकतामा जोड दिने


माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ। सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको छ ।

विवाद समाधानका लागि नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन ।

वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा