१३ बैशाख २०८१, बिहिबार

आयोगमा जसपा नेताको ‘हेड काउन्ट’: रेशम चौधरी बसे तटस्थ


रेशम चौधरी

काठमाडौँ । निर्वाचन आयोगले  (जसपा) को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गरेको छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएपछि आयोग पुगेका चौधरी तटस्थ बसेका हुन् ।

जसपामा आधिकारिकताको विषय टुंग्याउन निर्वाचन आयोगले हेड काउन्टका लागि आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको थियो । त्यसैको लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका थिए ।

उनले आफू कुनै पक्षमा नलागी जसपाको पक्षमा भएको प्रतिक्रया दिएका छन् । कैलालीको टिकापुर घटनामा चौधरीलाई अदालतले मुख्य दोषी ठहर गरेपछि उनी कारागारमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !