६ बैशाख २०८१, बिहिबार

सर्वोच्चले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


सर्वोच्चले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले दिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको ठाकुर पक्षले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । आज आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

यस्तै सर्वोच्चले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । त्यस्तै विपक्षीको हकमा यसबारे १५ दिनभित्र आन्तरिम आदेश किन दिन नपर्ने हो भन्नेबारे महान्यायाधिवक्ताको कार्यालय मार्फत जवाफ पेश गर्न पनि भनिएको छ ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

कार्यकारिणी समितिका सदस्यहरु नागरिकता सहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि आफूलाई ‘अन्याय भएको’ भन्दै ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकारसर्वोच्चले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !