८ बैशाख २०८१, शनिबार

सैद्धान्तिक विषयमा छलफल गर्दै सकियो सत्तारुढ कार्यदलको पहिलो बैठक


पूर्णबहादुर खड्का

काठमाडौँ । सत्तारुढ गठबन्धनका नेताहरूले सरकारका साझा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल गरेका छन् ।

सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको प्रधानमन्त्री निवासमा आज भएको पहिलो बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भावी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताउए ।

उनले भने, “बैठकमा आज सैद्धान्तिक विषयमा मात्रै छलफल भयो ।” कार्यदल नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा तीन दिन पहिले गठन भएको हो ।

कार्यदलमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताद्वय वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !