७ बैशाख २०८१, शुक्रबार

जसपाले मन्त्रीको शपथ बहिस्कार गर्ने


पोखरा । जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गर्ने बताएको छ । जसपाका सांसद तथा मन्त्री हरिशरण आचार्यले मन्त्रिमण्डल विस्तारमा बेइमानी र नियम उलंघन भएकाले आफूहरु सपथ कार्यक्रममा उपस्थित नहुने बताएका हुन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिनुअघि जसपासँग अर्थसहित २ मन्त्रालय दिने लिखित सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएसम्म आफूले जिम्मेवारी नलिने मन्त्री आचार्यले अडान राखेका थिए ।

पछि नेपाली कांग्रेसले माओवादीसँग गरेको सहमतिका कारण अर्थ जसपालाई दिन नसक्ने तर, अर्थबाहेक २ मन्त्रालय दिन सक्ने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जवाफ दिएका थिए ।

दुई सांसद भएको जसपाका दुवै मन्त्री हुने योजनामा थिए । हाल मन्त्री आचार्यले भौतिकबाट टुक्रिएको ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !