माधव नेपाल समूहका सांसदले गरे स्पष्टीकरणको जवाफ दिने तयारी Nepalpatra माधव नेपाल समूहका सांसदले गरे स्पष्टीकरणको जवाफ दिने तयारी
१२ श्रावण २०७८, मंगलबार

माधव नेपाल समूहका सांसदले गरे स्पष्टीकरणको जवाफ दिने तयारी


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । सम्भवत: उनीहरुले आजै जवाफ पठाउनले तयारी गरेका छन् ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर देउवाको पक्षमा विश्वासको मत दिएपछि सोही विषयलाई लिएर एमालेले स्पष्टीकरण सोधेको थियो ।

तर नेपाल समूहले भने संस्थापन समूहले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकता भाड्न खोजेको बताउँदै आएको छ । यता एओली समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।

नेपाल समूहका एक सांसदले दिएको जानकारी अनुसार स्पष्टीकरणको जवाफबारे छलफल गरेर टुंगोमा पुग्नको लागि सिंहदरबारमा बैठक हुन लागेको बताए ।

एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !