१२ बैशाख २०८१, बुधबार

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


नेकपा एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहिबार पनि बस्दै छ । यहि साउन ४ गतेदेखि शुरु भएको बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने भएको हो ।

आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण तथा शुद्धीकरण अभियान लगायत विषय कार्यसूचीमा रहेका छन् ।

हिजोको बैठकमा पार्टी अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका थिए । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताएका थिए ।

एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

आजको बैठकमा एमालेको माधव खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ । तर नेपाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकता भाड्न खोजेको बताउँदै आएको छ ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएपछि सोही विषयलाई लिएर एमालेले स्पष्टीकरण सोधेको थियो । आज पनि मुख्य रुपमा पार्टी एकताकै विषयमा केन्द्रित रही छलफल हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !