१३ बैशाख २०८१, बिहिबार

नेपाल पक्षको बैठक सकियो, भयो यतिठुलो निर्णय


माधव नेपाल

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठकले पार्टी एकतामा जोड दिएको छ । नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ प्रयास गर्न बैठकले आग्रह गरेको छ ।

आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो ।

बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा जोड दिएको एक नेताले जानकारी दिए । बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !