१३ बैशाख २०८१, बिहिबार

कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा


अमरेशकुमार सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने बताएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै सिंहले राजीनामाको धम्की दिएका हुन् ।

सांसद सिंहले यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भइरहेको बताए । अब सभापतिलाई भेटेर राजीनामा पत्र बुझाउने तयारीमा रहेको भन्दै उनले भने, ‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिन खोजेको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !