६ बैशाख २०८१, बिहिबार

ओलीलाई नेपालसहित २२ सांसदको चेतावनी: क्षमाशील हुनुस्, अध्यक्ष छाड्नुस्


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको आजको बैठक सम्पन्न भएको छ। शंखमूलरोडस्थित अर्याल होटलमा बसेको नेपाल समूहको २२ सांसदको बैठकले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको एक नेताले जानकारी दिए ।

साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठक बसेको थियो । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

अर्की सांसद रामकुमारी झाक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताइन् । साथै उनले बदला भाव त्याग्न र पार्टीलाई एकतावद्ध गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

काठमाडौंमा रिसाएको बेला बिरालोले कहाँ गएर खाँबो चिर्थोछ भनेझैं बदला भाव नदेखाउन आग्ह गर्दै उनले भनिन्, ‘बदला लिने भए हामी तयार भयौं । त्यसैले क्षमाशील हुनुस् । पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !